जेनजी आन्दोलनले ३ हजार मजदुरको जागिर गुम्यो

0
Shares

काठमाडौं । जेनजी आन्दोलनका कारण ३ हजार मजदुरको रोजगरी गुमेको छ ।

सरकारी अध्ययन प्रतिवेदनले सार्वजनिक गरेको तथ्यांक अनुसार जेनजी आन्दोलनको कारण ४३ निजी प्रतिष्ठानमा कार्यरत ४ हजार ८५४ मध्ये तीन हजार अर्थात ६१.७ प्रतिशत व्यक्तिहरूको रोजगारीमा प्रत्यक्ष असर परेको छ । यसमध्ये रोजगारी गुमाउने तीन हजारमध्ये १ हजार ७९० जना पुरुष र १ हजार २०९ जना महिला छन ।

यसमध्ये पूर्ण रूपमा रोजगारी गुमाउनेको संख्या २ हजार ३५३ रहेको छ भने आंशिक रूपमा रोजगारी गुमाउनेको संख्या ६४६ रहेको देखिन्छ । पूर्ण रोजगारी गुमाउने पुरुष र महिलाको संख्या क्रमशः ६१.५ प्रतिशत र ३८.५ प्रतिशत रहेको छ ।

आंशिक रूपमा रोजगारी गुमाउने पुरुष र महिलाको संख्या क्रमशः ५३।३ प्रतिशत र ४६।७ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।