
काठमाडौं । नेपाली कांग्रेसले आयेजना आगामी २६ र २७ पुस (शनिबार र आइतबार)का लागि आव्हान गरेको विशेष महाधिवेशनमा सहभागि हुन आउने प्रतिनिधिलाई राख्न काठमाडौंका होटलमा १५ सय वटा कोठा बुकिङ गरेको छ ।
होटल बुकिङ गर्ने र महाधिवेशन प्रतिनिधिलाई खानपान गराउने जिम्मेवारी पर्यटन व्यवसायी रमेश धमलाले पाएका छन ।
कांग्रेसको आवास तथा खाना व्यवस्थापन समितिका संयोजक धमलाका अनुसार काठमाडौं बाहिरबाट आउने प्रतिनिधिलाई खाने बस्ने व्यवस्था मिलाउनुपर्ने र त्यसको जिम्मेवारी आफूले पाएकोले होटलमा उनीहरुलाई राख्न विभिन्न होटलका कोठा बुकिङ गरिएको बताए ।
उनले काठमाडौंको सुन्धारा, ठमेल, सिनामंगल क्षेत्रका होटलमा कोठा बुकिङ गरिएको र यस्को विस्तृत जानकारी शुक्रबार हुने पत्रकार सम्मेलनमा जानकारी दिने बताए ।








प्रतिक्रिया