
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङसँग भएको सहमतिलाई पार्टीको आन्तरिक प्रक्रियामार्फत औपचारिकता दिने तयारी भइरहेको बताएका छन् ।
चितवन जिल्ला अदालतमा उपस्थित भएर फर्कने क्रममा पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै सभापति लामिछानेले भने, ‘उहाँ सरकारमा रहँदै गर्दा हामीबीच सहमति भएको थियो । अब उहाँले राजीनामा दिएर आउनुभएको छ, त्यसैले उक्त सहमतिलाई पार्टीले औपचारिक रूप दिने प्रक्रिया अघि बढ्छ,’ उनले भने ।
केही साताअघि राष्ट्रिय स्वतन्त्र पार्टी र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपालबीच सहमति भएको थियो।
उक्त सहमतिअनुसार कुलमान घिसिङलाई पार्टीको उपसभापति पदसहित दोस्रो वरियतामा राख्ने निर्णय गरिएको थियो।








प्रतिक्रिया