
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले भदौ २३ र २४ गतेका जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न गठित समितिसमक्ष लिखित बयान बुझाएका छन् । आयोगले पठाएका प्रश्नहरूको जवाफमा शाहले लिखित बयान पेश गरेका हुन्।
पुस ७ गते शाहले राष्ट्रिय मानव अधिकार आयोग पुगेर बयान दिएका थिए । आयोगले भदौ २३ र २४ गतेका घटनाबारे छानबिन गर्दै उनलाई बोलाएको थियो ।
आयोगले आइतबार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको लिखित बयान पनि लिएको छ। आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार, बयानको क्रम अब अन्त्यतिर पुगेको छ । आयोगले फिल्डमा खटिएका प्रहरी, जेन–जी प्रतिनिधि देखि लिएर प्रधानमन्त्रीसम्मका बयान सङ्कलन गरिसकेको छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाललाई पनि लिखित प्रश्न पठाइएको भए पनि हालसम्म जवाफ प्राप्त भएको छैन ।








प्रतिक्रिया