
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलाको २ लाख ६८ हजार १ सय रुपैयाँ तोकिएको छ । यसअघि सोमबार सुनको मूल्य प्रतितोला २ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार भने सुन प्रतितोला २ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । हिजोको तुलनामा आज सुनको भाउ तोलामा ३ हजार १ सय रुपैयाँले बढेको हो ।
आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार ४ हजार ६८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलाको ४ हजार ८८० रुपैयाँ तोकिएको छ ।








प्रतिक्रिया