भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा १ करोड योगदान


काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा एक करोड एक लाख रुपैयाँ योगदान गरेको छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाहरुको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायतका कार्यमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम योगदान गरेको हो ।

सिद्धार्थ प्रिमियर ईन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वबाट सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा उक्त रकम योगदान गरेको हो ।

उक्त रकम बराबरको चेक सिद्धार्थ प्रिमियर ईन्स्योरेन्स लिमिटेडका अध्यक्ष सुरेशलाल श्रेष्ठले सोमबार अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरेको छ ।

चेक हस्तान्तरण कार्यक्रममा अर्थ सचिव, राजस्व सचिव लगायत सिद्धार्थ प्रिमियर ईन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत समेतको उपस्थिति रहेको थियो ।

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा पुर्याएको योगदानका लागि सरकारको तर्फबाट अर्थमन्त्री खनालले सिद्धार्थ प्रिमियर ईन्स्योरेन्स लिमिटेडलाई धन्यवाद दिए ।

यो रकमसहित उक्त कोषमा १३ करोड ३५ लाख ६५ हजार जम्मा भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।