
काठमाडौं। देशभर पश्चिमी वायुको प्रभाव रहेका कारण उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली रहने र बाँकी भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान विभागले जनाएको छ ।
विभागका अनुसार तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ ।
तराई भागका अधिकांश स्थानहरूमा हुस्सु-कुहिरो रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ।
कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
यसको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने देखिएको छ ।








प्रतिक्रिया