
काठमाडौं । मकवानपुरको जुरीखेतमा सुमो दुर्घटना हुँदा घाइते भएका ९ जनामध्ये ६ जनाको मृत्यु भएको छ।
आइतबार साँझ ५ः२० बजे भीमफेदी गाउँपालिका–६ जुरीखेतस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडक खण्डमा सुमो गाडी दुर्घटनामा घाइते भएका मध्ये ६ जनाको मृत्यु भएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक पुस्कर बोगटीले जानकारी दिए।
काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खोल्सामा खसेको थियो।
मृतकहरुको पहिचान खुल्न बाँकी छ। सुमोमा सवार अन्य ३ जनाको हेटौँडा अस्पतालमा उपचार भैरहेको डीएसपी बोगटीले बताए।








प्रतिक्रिया