पूर्व ऊर्जामन्त्री दिपक खड्काको लगानी रहेको होटल फरेस्ट इनले पायो आईपीओ निष्कासन अनुमति


काठमाडौं । होटल फरेस्ट इनले आईपीओ निष्कासन अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्डले होटल फरेस्ट इनलाई ४० करोड रुपैयाँ बराबरको आर्इपीओ निष्कासन अनुमति प्रदान गरेको हो ।

योसँगै अब होटलले १०० रुपैयाँ अंकित मूल्यका दरले कुल ४० लाख कित्ता साधारण सेयर सार्वजनिक निष्कासन गर्नेछ ।

पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काको लगानी रहेको यो होटलले २०८० कात्तिक १५ गते आईपीओ निष्कासनको अनुमति माग गर्दै धितोपत्र बोर्डबाट निवेदन दिएको थियो ।

निवेदन दिएको २ वर्षभन्दा बढी समयपछि यो होटलले आईपीओ अनुमति पाएको हो। यस होटलकाे आईपीओ निष्कासन बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ ।