
जनकपुरधाम । सर्लाहीको ईश्वरपुर नगरपालिका–२ राईटरखोरमा सागरनाथ वन विकास परियोजनामा कार्यरत एक जना वन चौकीदारको टाउको अलग भएको अवस्थामा शव फेला परेको छ ।
ज्यालादारीमा कार्यरत राईटरखोरकै ४७ वर्षीय रामईश्वर महतोको टाउको अलग भएको अवस्थामा शव फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी सरोज राईले जानकारी दिए ।
महतोको शव घरदेखि करिब ५ सय मिटर टाढा सागरनाथ वन विकास परियोजनाको जंगलभित्र टाउको विनाको अवस्थामा भेटिएको हो ।
स्थानीयका अनुसार, आज बिहान करिब ५ बजेतिर जंगलभित्र रूख काटिएको आवाज सुनेपछि त्यसतर्फ गएका थिए ।
दिउँसोसम्म पनि महतो घर नफर्किएपछि र मोबाइल फोन ‘स्वीच अफ’ भएपछि परिवारका सदस्य र स्थानीयले खोजी सुरु गरेका थिए ।
खोजतलासका क्रममा जंगलभित्र टाउको अलग भएको अवस्थामा अवस्थामा महतोको शव फेला परेको डीएसपी राईले बताए ।
‘टाउको अझै भेटिएको छैन । टाउकोको खोजी कार्य भइरहेको छ । घटनास्थलमा शवको मुचुल्का भइरहेको छ’ डीएसपी राईले भने ।
घटनास्थलमा साँझ धनुषाको लालगढबाट तालिम प्राप्त कुकुर झिकाएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।








प्रतिक्रिया