
सिराहा । लहान नगरपालिका-१६ चुरे क्षेत्रमा रहेका आरिदमार टोलमा शुक्रबार रातिदेखि जंगली हात्तीको हुलले केही घरहरूमा तोडफोड गरेका छन् ।
स्थानीय भुपाल मगर, जालबहादुर थापा मगर, नामजाली मगर, रामबहादुर मगर, भक्त बहादुर र हरि थापा लगायतको घरमा हात्तीको हुलले तोडफोड मचाएका छन् । हात्तीले तरकारी खेती समेत क्षति पुर्याएको छ ।
हात्ती अहिले पनि गाउँ वरिपरि नै घुमिरहेको स्थानीयको भनाइ छ । हात्ती खेदाउन स्थानीयले प्रहरीसँग सहयोग माग गरेका छन् ।
स्थानीयहरु मिलेर अहिले पनि हात्ति खेदाईरहेको वडा सदस्य भाईकाजी खड्काले जानकारी दिए । ४ वटा हात्तीले रातभरि आतंक नै मचाएको उनले बताए ।








प्रतिक्रिया