
काठमाडौं । हिजोआज फेसनमा रुची नराख्ने को होला ! जुनसुकै उमेर समूहका मानिसले बजारमा देखिने फेसनका लुगाप्रति आकर्षित भएको भेटिनु सामान्य बनिसकेको छ ।
सहर या गाउँमा सबैतिर बसोबास गर्नेहरूमा भने बिस्तारै फेसनप्रति रुची बढ्दै गएको पाइन्छ । गाउँलाई पनि बिस्तारै सहरको रहनसहनले छुन थालेको छ ।
बजारमा फेसनका विभिन्न नेपाली ब्राण्डहरू स्थापित हुँदै गएका छन्। नेपालीहरूको फेसनप्रति बढ्दै गएको रुचीलाई ध्यान दिँदै नेपाली ब्राण्ड ‘पोइजन जिन्स’ ले आफ्नो बजार बिस्तार गर्दै अगाडि बढ्दै गइरहेको छ ।
जसले नेपालको मौसम र नेपालीहरूको फेसनमा बढ्दो रूचीलाई ध्यान दिँदै मौसम अनुसारको लुगाहरू उत्पादन गर्दै आएको छ । कुनै समय इलामको पशुपतिनगरमा खुद्रा पसल गरेका जनक कार्की अहिले नेपाली ब्राण्ड पोइजन जिन्स अर्थात ब्राण्ड आइकन बनेका छन् ।
पूर्वबाट उदाएको व्यापारिक ब्राण्डलाई निरन्तरता दिँदै नेपाली ब्राण्डलाई स्थापित गराउने सुरमा कार्की छन् । ‘पोइजन जिन्स’ लुगाको व्यापारलाई ब्राण्ड बनाएर फेसनको दुँनियामा बजार कब्जा गर्ने ध्याउन्नमा पुगेको छ ।
देशदेखि विदेशसम्म प्रतिष्पर्धाको बजारमा पोइजन ब्राण्ड बनाउन लागि परेको। देश सुहाउँदो लुगा उत्पादन गर्नु पोइजनको अर्को विशेषता भन्दा फरक नपर्ला । त्यहीँ भएर बजारमा सबैभन्दा बढी खोजीको सूचीमा पर्न थालेको छ ।
मुलुकका विभिन्न ठूला सहरका आउटलेटमा पोइजन जिन्सका लुगा र होर्डिङ बोर्ड देख्न सकिन्छ । प्रत्येक ठूला सहरमा पोइजन जिन्सका लुगाहरूको माग बढेको कार्कीले बताए । पोइजनका लुगाले अहिलेका युवाहरूलाई बढी लोभ्याएको उनी दाबी गर्छन्।
नयाँदेखि पुराना पु्स्ताले पोइजनका लुगाहरू मन पराएको उनको अनुभव छ । ‘ बजारमा पोइजनमा लुगाहरूको माग बढेको भन्दै रिटेलरहरू कम्पनीमा आउने गरेका छन्,’ कार्की भन्छन् ।
पोइजन जिन्सले पुरूषलाई लक्षित गरेर फेसनका लुगाहरू उत्पादन गर्दै आएको छ । एक दशकअघि स्थापना पोइजन जिन्सले नेपाली युवाहरूमा छुट्टै ब्राण्ड बनाउन सफल भएको कार्की बताउँछन् ।
पोइजनले मौसम अनुसारको लुगा उत्पादन गर्दै आएको छ । जाडो,गर्मी र चाडबाडलाई लक्षित गरेर पनि लुगाहरू बजारमा पुर्याउने गरेको कार्कीले बताए ।
पोइजन जिन्सले गर्मी मौसममा जिन्स,सट,टिर्सट,स्पोर्टस वेयर,ट्राउजर,सेन्डो स्पोर्टस सट, फेसनवेल हाफेन्ट,हाफेन्ट,कटनका हाफेन्टहरू,पातलो विन्सिटर उत्पादन गर्छ ।
दसैं चाँडो भएमा त्यहीँ अनुसारको लुगा उत्पादन गर्ने गरिएकको सञ्चालक कार्कीको भनाइ छ । जिन्स ज्याकेट लगायत अन्य लुगाहरू उत्पादन हुने गरेको उनले बताए ।
पोइजनले गर्मीमा मात्र नभई जाडो मौसमका लागि समेत लुगाहरू उत्पादन गर्ने गरेको छ । फरक-फरक मौसमका लागि फरक डिजाइन तथा फेसन र बजारको माग अनुसार लुगा उत्पादन गर्नु पोइजनको विशेषता हो ।
जाडो मौसममा लेदरका ज्याकेट, फहर जीन्स (भित्र तातो हुने कपडा), हुँडी,जम्पर, फहर भएका ट्राउजर र ज्याकेट उत्पादन गरिने कार्कीले जानकारी दिए ।
समय अनुसारको लुगा उत्पादन गर्नु पोइजनको विशेषता रहेको मान्न सकिने उनको बुझाइ छ ।
‘नेपाली ब्राण्ड हो तर यसले राम्रा-राम्रा लुगाहरू उत्पादन गर्ने गर्छ । सबै उमेरकालाई सहज हुने लुगाहरू पाइन्छ,’ कार्कीले सुनाए,’ पोइजन नेपालमा अत्यधिक रुचाइएको ब्राण्डमा पर्ने गरेको छ । धेरै लुगाहरू नेपालमा बनाइन्छ । केही लुगाहरू मात्र विदेशबाट बनाएर ल्याइन्छ ।’
उनको कामप्रति उपभोक्ता दुवै खुशी छन् । विदेशीले पनि नेपाली ब्रान्डलाई रूचाइरहेको उनको दाबी छ । धेरै विदेशीले पोइजन खोज्ने गरेको सूचनाहरू कम्पनीसम्म आइपुग्ने गरेको कार्कीले बताए ।
स्वदेशमै उत्पादित अन्तर्राष्ट्रिय गुणस्तरका पहिरन सुपथ मूल्यमा युवा ग्राहक र रिटेलरसम्म पुर्याउने उद्देश्यले नेपाली लुगा ।
‘स्वदेशी पहिरनले देशप्रेमको भावना बढ्ने भएर नै होला स्वदेशी उत्पादन नै प्रयोग गर्नुपर्छ भन्ने मानसिकता विकास हुँदै गएको छ,’ कार्की अगाडि थप्छन् ।
युवाहरूमा पछिल्लो समय मुलुक छोड्ने क्रम बढेको छ । तर कार्की भने स्वदेशमै केही गर्नुपर्छ भनेर लुगामा खुलेर लागेका छन् ।
कार्कीले आर्थिक मन्दीको असर हिजोआज रिटेलरले गर्ने माग पनि कम हुँदै गइरहेको अनुभव सुनाए । यहाँसम्म आउन जनकले धेरै संघर्ष गरेका छन् ।
नयाँ र फरक काम गर्न चाहने जनक फेसनमा फरक सोच राख्छन् । उनको सोचाइ अनुसार फेसनमा फरक- फरक डिजाइन देखा परिरहेको छ ।
काठमाडौंको न्युरोडमा नेपाली पोइजन ब्राण्ड चलाएका कार्की सुनसरीदेखि लगानीकर्ताको रुपमा पाइला बढाए । न्यूरोडबाट वितरण हुने पोइजन आज मुलुकभर अधिकांश रिटेलरमा पुग्ने गरेको उनले जानकारी दिए ।
कार्कीको ‘मेड इन नेपाल’प्रति ठूलो राग छ । नेपाली ब्रान्डको इज्जत राखे आफ्नो र मुलुकको इज्जत पनि बढ्ने उनको विश्वास छ । मुलुकमै उत्पादित सामग्री उपभोग र बजार विस्तार हुनु गौरव मात्र होइन, मुलुक समृद्धिको दिशातर्फ जाँदैछ भन्ने संकेत रहेको उनको बुझाइ छ ।
मुलुकमा भएका स्थापित ब्राण्डले मुलुकमा केही काम गर्न सकिने वातावरण रहेको सन्देश दिन सकिन्छ,’ कार्कीले अगाडि थपे,’ यसले व्यवसायीको परिचय मात्र नदिएर विदेशबाट हुने आयात रोक लगाउन सकिन्छ ।‘








प्रतिक्रिया