सुनचाँदीको मूल्यमा बढ्यो, कतिमा भइरहेको छ कारोबार?

1.1k
Shares

काठमाडौं । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएकामा आज दुवै धातुको मूल्य बढेको छ ।

आज छापावाल सुन प्रतितोला दुई लाख ६२ हजार ५०० रुपैयाँ र त्यति नै चाँदीको मोल चार हजार ५२५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० र त्यति नै चाँदीको मोल चार हजार ४१५ रुपैयाँ कायम भएको थियो । बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा २ हजार ९ सयले बढेको हो।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ३७२ र त्यति नै चाँदी ७३ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।