अधिकांश विमानस्थलमा उडान हुन नसक्दा काठमाडौंमा यात्रुको भीड

119
Shares


काठमाडौं । विहानैदेखिको हुस्सुका कारण विमानस्थल नखुल्दा तराई क्षेत्रका अधिकांश विमानस्थको उडान अवतरणमा ढिलाइ भइरहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार शुक्रबार काठमाडौंबाट हुने उडानमा झपाको चन्द्रगढी, मोरङको विराटनगर र चितवको भरतपुरमा मात्रै उडान हुन सकेको छ । अरु विमानस्थल नखुलेका कारण उडान हुन नसकेको शेर्पाले बताए ।

उनका अनुसार विहान सवा ११ बजेसम्म पोखरा, नेपागजन्ज, भैरहवा, धनगढी सिमरा, जनकपुर, सिमरासहितका विमानस्थलमा उडान हुन सकेको छैन् । यी विमानस्थलमा उडान हुन नसक्दा काठमाडौंबाट बाहिरिने यात्रु वेटिङमा रहेको र उडानको तालिका ढिलो हुँदै गएको कारण यात्रुको चाप भने बढेको छ ।