
काठमाडौं । हिमकम इन्टरनेसनल प्रालिले एकै वर्ष २ अर्ब रुपैयाँको कारोबार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा २ अर्ब ३ करोड १० लाख रुपैयाँको व्यापार गरेको हो ।
कम्पनीले सन् २०२४ मा १ अर्ब ६३ करोड ९० लाख रुपैयाँ र सन् २०२३ मा १ अर्ब ४४ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२१ मा स्थापना भएका कम्पनीले ल्यापटप, कम्प्यूटर, प्रिन्टर, स्क्यानर, प्रोजेक्टर र अन्य विद्युतीय सामग्रीको व्यापार गर्दै आएको छ ।
कम्पनीले गत आवमा १.८२ प्रतिशत नाफा कमाएको छ । जसमा कम्पनीले गत आवमा १ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
सन् २०२४ मा १ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो , कम्पनीले दुबई र अमेरिकाबाट आइटी सम्बन्धित सामग्री आयात गरी होलसेल मूल्यमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले आधिकारिक विक्रेताबिना नै विभिन्न प्रकारका सामग्री आयात गरी बिक्री वितरण गर्दै आएको हो ।
सन्तोषकुमार श्रेष्ट र मनु श्रेष्ठको स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ५ करोड रुपैयाँको रेटिङ गराएको छ ।
कम्पनीले दीर्घकालीन कर्जाका लागि ५ करोड ५ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ९९ करोड ९० लाख रुपैयाँको रेटिङ गराएको हो ।








प्रतिक्रिया