
काठमाडौं । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले सबै वैकल्पिक शक्तिहरू एकताबद्ध हुनुपर्ने बताएका छन् । सकेसम्म एकता र नसके कार्यगत एकता गरेर अघि बढ्नुपर्ने उनको धारणा छ ।
पोखरामा आयोजित कार्यकर्ता भेलामा उनले नेपाली जनताको चाहना नयाँ र वैकल्पिक शक्तिहरू एक भएर अघि बढुन् भन्ने रहेको बताए । सम्मान, आत्मसम्मान र स्वाभिमान नघटाई सहकार्य गर्न पार्टी तयार रहेको उल्लेख गर्दै घिसिङले केही दिनमै त्यसको नतिजा देखिने विश्वास व्यक्त गरे ।
रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सातबुँदे सम्झौता भएको दिन सार्वजनिक भएको उनको यो अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।








प्रतिक्रिया