स्वरोजगार लघुवित्तले विन नेपाललाई प्राप्ति गर्ने


काठमाडौं । स्वरोजगार लघुवित्तले विन नेपाललाई प्राप्ति गर्ने भएको छ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडबीच एक आपसमा गाभ्ने/गाभिने (प्राप्ति) सम्बन्धी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

बागमती प्रदेश स्तरीय कार्यक्षेत्र रहेको विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले गाभ्ने/गाभिने उद्देश्यसहित समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

बनेपा–१३, साँगा, काभ्रेपलाञ्चोकमा केन्द्रीय कार्यालय रहेको विन नेपाल लघुवित्तलाई बनेपा–०५, काभ्रेपलाञ्चोकमा केन्द्रीय कार्यालय रहेको स्वरोजगार लघुवित्तले प्राप्ति गर्ने भएको हो ।