
काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचरन रिहा भएका छन्।
तीनवटा केसमा म्याद थपका लागि लगिएकोमा विशेष सरकारी वकिलको कार्यालयले छाड्ने आदेश दिएको केन्द्रीय अनुसन्धान व्यूरोका प्रवक्ता शिवकुमार श्रेष्ठले क्लिकमान्डुलाई जानकारी दिए । उनका अनुसार शेरचनलाई बाहिरै राखेर मुद्दाको थप अनुसन्धान हुने छ ।
स्वास्थ्यमा समस्या देखिएपछि शेरचन चीरायू अस्पतालमा उपचाररत छन् । मंसिर १४ गते शेरचनलाई बैंकको केन्द्रीय कार्यालय बबरमहल पक्राउ गरेको थियो ।
प्रभु ग्रुपका अध्यक्ष देवी प्रकाश भट्टचन र उनका व्यवसायिक साझेदार कुसुम लामाबीच देखिएको लेनदेन विवाद चुलिँदा प्रभु बैंक र यसका सीईओ शेरचन पनि छानबिनको दायरामा तानिएका हुन् ।
भट्टचन र लामा लगायतको लागनी रहेको प्रभु म्यानेजमेन्टले प्रभु मनि ट्रान्सफर र प्रभु बैंकको रेमिट्यान्सको सुपर एजेन्ट भएर काम गरेको र रेमिट्यान्स कारोबारका लागि सहकारीबाट लिएको धरौटीवापतको रकम अपचलन गरेको आरोपमा सीआईबीले अनुसन्धान गरिरहेको हो ।








प्रतिक्रिया