
काठमाडौं । आगामी निर्वाचनका लागि अनुकूल राजनीतिक वातावरण बनाउन सरकारले दलहरूसँगको सम्बन्ध सुदृढ गर्ने काममा तिव्रता दिएको छ ।
यही क्रममा सञ्चारमन्त्री जगदीश खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग शुक्रबार विहान भेटवार्ता गरेका छन् ।
महाराजगञ्जस्थित देउवाको निवासमा भएको भेटमा समसामयिक राजनीतिक अवस्था र निर्वाचनको तयारीबारे छलफल भइरहेको जनाइएको छ ।
खरेलको सचिवालयका अनुसार उनले आजै एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि छुट्टाछुट्टै छलफल गर्ने कार्यक्रम रहेको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सरकारले प्रमुख तीन दलका शीर्ष नेतासँग सघन संवाद थालेको हो ।










प्रतिक्रिया