प्रतिकुलताबीच पनि आर्थिक बृद्धिदर सकारात्मक : डा‍. रामशरण खरेल


काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.रामशरण खरेलले आर्थिक अनुसन्धान विभागले स्थायित्व कायम गरेको बताएका छन् । उनले आर्थिक बृद्धिलाई दीर्घकालिन बनाउन, रिफर्मलाई योजनाबद्द रूपमा लैजान नसक्दा अपेक्षा अनुसारको समृद्धि हासिल हुन नसकेको पनि उनले बताए ।

उनले आर्थिक बृद्धि अपेक्षाकृत हुन नसक्दा श्रमको उपादकत्व कमजोर भएको, उत्पादकत्व नबढेको कारण आर्थिक बृद्धिमा असर गरेको देखिएको बताए । नेपाल कृषिबाट उद्योग अनि सेवा हुनै नसकेको बुझाइ पनि उनको छ । कृषिबाट सिधै सेवामा जाँदा उद्योगको विकास नभएको उनको बुझाइ छ ।

उनले भने ‘यो वर्ष मुद्रास्फीति कम भएकोले पेट्रोलियम पदार्थको मूल्य घटेको छ । ढुवानी सहज छ। कृषि उत्पादन पनि बढेको छ । तर पुँजीनिर्माण भने खस्किदै गएको र डिमाण्ड बुष्ट गर्न नसकेको पनि उनले बताए । यो वर्ष अर्थतन्त्रमा आएका विभिन्न धक्काका बाबजुत पनि गत वर्षको हाराहारीमा आर्थिक वृद्धि हुने अनुमान गर्न सकिन्छ ।’

लक्ष्यअनुसार नभएपनि यो वर्षको मौद्रिक नीतिमा नीतिगत र संरचनागत सुधारसहित समष्टिगत माग बढाउने प्रयास भइरहेको बुझाई पनि उनको छ । ब्याजदर कम गर्ने प्रयास भइरहको पनि उनले बताए ।

राष्ट्रिय योजना आयोगको एक अध्ययन अनुसार अनौपचारिक व्यवसाय र १० प्रतिशत प्रतिष्ठान दर्ता भएका भएका छैनन् । दर्ता भएकाले पनि ५० प्रतिशतले कारोबारको रेकर्ड नराख्ने गरेको देखिन्छ । यसमा वित्त नीति र नियमनकारी निकायको समन्वयन जरूरी छ । बैंकहरू पुँजीको आधारमा मात्रै वर्गीकरण भएको छ। कार्यको आधारमा वर्गिकरण गर्नुपर्छ कि भनेर अन्तर्राष्ट्रिय अभ्यासहरू समेतको अध्ययन नेपाल राष्ट्र बैंकले गरिरहेको पनि उनले बताए ।

प्छिल्लो समय कर्जा वृद्धि कम भएपनि सदुपयोग बढेकोले त्यसले आर्थिक बृद्धिदरमा सपोर्ट गरेको पनि उनको बुझाइ छ । यो वर्ष आन्दोलनको कारण केही क्षति पुग्नु, मौसम ढिलो सुरु हुन र बाढीपहिरोलेसमेत क्षति पुर्याएको छ ।

यसका वाबजुद पर्यटक भने बढेकको छ । जलविद्युत उत्पादन र पूर्वाधारका आयोजना कार्यन्वनमा तदारूकता, चुनाव र सूचनाप्रविधिमा राम्रो काम भइरहेकोले पनि आर्थिक बृद्धिदरमा सकारात्मक अपेक्षा राख्न सकिने बुझाइ उनको छ ।