
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) ले सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाललाई ४ दिन म्याद थप गरेर अनुसन्धान गर्न अनुमति पाएको छ ।
मंगलबार काठमाडौं जिल्ला अदालतले अग्रवालमाथि थप अनुसन्धानका लागि ४ दिनको म्याद थप गरेको हो।
झुटो कारोबार गरेर मूल्य प्रभावित गरेको अभियोगमा शुक्रबार सीआईबीको टोलीले अग्रवाललाई काठमाडौंको महाराजगञ्जबाट पक्राउ गरेको थियो ।
नेपाल धितोपत्र बोर्डको प्रारम्भिक अध्ययनपछि थप अध्ययनका लागि प्रहरीमा पठाएपछि अग्रवाल पक्राउ परेका हुन् । बोर्डको प्रारम्भिक अध्ययनमा अग्रवालमाथि थप अनुसन्धान गर्नुपर्ने देखिएपछि धितोपत्र बोर्डले फाइल प्रहरीमा पठाएको थियो ।
अग्रवालले सेयर लगानीकर्तालाई उक्साउने मात्रै नभई १५ जना लगानीकर्ताको नामबाट मूल्य बढाउने, आफैँ झुटो कारोबार गर्ने गरेको देखिएको धितोपत्र बोर्डको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।
यसअघि पनि उनी साउनमा पक्राउ परेर छुटेका थिए ।








प्रतिक्रिया