
काठमाडौं । नबिल बैंकले आफ्नो ४३औं वार्षिक साधारणसभा पुस २८ गते गर्ने भएको छ । बैंकको सञ्चालक समितिको बैठकले पुस २८ गते सोमबार बिहान ११ः१५ बजे काठमाडौंमा आफ्नो ४३औं साधारणसभा गर्ने निर्णय गरेको हो ।
साधारणसभा प्रयोजनका लागि बैंकले पुस १६ गते एक दिनका लागि सेयरधनी दर्ता किताब (बुक क्लोज) बन्द गर्ने जनाएको छ ।
पुस १६ गते बुक क्लोज हुने भएकाले पुस १५ गतेसम्म कायम सेयरधनीहरू मात्र साधारणसभामा सहभागी हुन पाने तथा लाभांश लगायतका प्रस्तावमा हकदार हुनेछन् ।
बैंकले यसअघि नै गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई १२.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरिसकेको छ । उक्त लाभांश घोषणाको प्रस्तावलाई बैंकको ४३औं वार्षिक साधारणसभाले पारित गर्नेछ ।








प्रतिक्रिया