
काठमाडौं । उच्च अदालत बुटवलले बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएपछि नख्खु कारागार परिसरमा उनका समर्थकहरूको भिड लागेको छ ।
अदालतको आदेश सार्वजनिक भएसँगै ठूलो संख्यामा समर्थक र सञ्चारकर्मी भेला भएका हुन् ।
उच्च अदालत बुटवलका न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएको हो ।
थुनामुक्तिका लागि केही प्रक्रिया पूरा गरेपछि लामिछाने रिहा हुने छन् ।










प्रतिक्रिया