सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा विजयी


काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल नेकपा (एमाले)को केन्द्रीय सदस्यमा पहिलो पटक निर्वाचित भएकी छन् ।

११ औं महाधिवेशनमा चुनावी प्रतिस्पर्धामार्फत उनी विजयी भएकी हुन् ।

राजधानी विशेष अन्तर्गत ४० वर्षमुनिको कोटामा उम्मेदवारी दिएकी सुनिताले उक्त कोटामा आरक्षित एक मात्र केन्द्रीय सदस्य पद जितेकी हुन् ।

प्रतिस्पर्धामा रहेका दुई उम्मेदवारलाई फराकिलो मतान्तरले पछि पार्दै उनले १,६६८ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिस्पर्धी ईं. राजन थापा र सन्तोष खड्काले क्रमशः २२९ र ३३० मत पाए ।

स्थानीय तह निर्वाचनका क्रममा सुनिताले काठमाडौं महानगरपालिकाको उपमेयर पदमा विजयी भएकी थिइन् ।

Skip This