
काठमाडौं । भृकुटीमण्डमा जारी नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा केपी शर्मा ओली प्यानलका उम्मेदवार विजयी भएका छन् ।
अन्तिम मतपरिणाम सचिवमा विजयी मध्ये सबैभन्दा धेरै मत महेश बस्नेतले पाएका छन् । उनले १५४४ मत प्राप्त गरे । पद्माकुमारी अर्याल र शेरधन राईले १५३० मत प्राप्त गरेका छन् ।
छविलाल विश्वकर्माले १५०६, हिक्मतकुमार कार्कीले १३३७ मत, खगराज अधिकारीले १३३१, यामलाल कँडेलले ११८५, राजन भट्टराईले ११८१ र भानुभक्तले ११०८ मत प्राप्त गरेका छन्। ईश्वर पोखरेल प्यानलका गोकुलप्रसाद बाँस्कोटा १०औं स्थानमा रहे । उनले १०३० मत प्राप्त गरे ।










प्रतिक्रिया