ओलीसँग ज्योति मगरको निकटता


काठमाडौं । नेकपा (एमाले)को जारी ११औँ महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओली मतदान सकिएसँगै भृकुटीमण्डपस्थित अधिवेशन स्थलमा मतदाता लगायतसँग छलफलमा बसेका छन् । त्यसक्रममा उनी गायिका ज्योति मगरसँग छलफल गरिरहेको देख्न सकिन्छ । ओलीले सुन्तलासहितको प्लास्टिकको झोला मगरलाई दिएका थिए ।

११औँ महाधिवेशनअन्तर्गत बुधबार जारी मतदान प्रक्रिया बिहान अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेलले भोट हालेसँगै सुरु भएको हो ।

मतदानस्थलमा प्रतिनिधिहरू लाइन लागेर पालो कुरिरहेका छन् भने भोट हालिसकेका ओली भने चौरमै पलेँटी कसेर बसेर प्रतिनिधिहरूसँग संवाद गर्दै भोट मागिरहेका छन् ।

ज्योति मगर मंगलबार पनि एमाले महाधिवेशनस्थल भृकुटीमण्डप पुगेर नेताहरूको पक्षमा मत मागेकी थिइन् । उनी बुधबार पनि बिहानैदेखि महाधिवेशनस्थल पुगेर उम्मेदवारहरूको प्रचार र भोट माग्ने काममा सक्रिय देखिएकी छन् ।

Skip This