
काठमाडौं । विगत ६० वर्षदेखि नेपालको आतिथ्यता उद्योगमा सक्रिय सोल्टी होटल लिमिटेडले ३१.५७ प्रतिशत लाभांश पारित गरेको छ । होटलको सोमबार सम्पन्न ५१ औं वाषिर्क साधारण सभाबाट गत आर्थिक वर्ष २०८१÷०८२ को मुनाफाबाट कम्पनीका शेयरधनीहरुलाई चुक्ता पूँजीको १६।५७ प्रतिशत नगद लाभांश र १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
सोल्टीले उक्त साधारण सभाले सञ्चालक समितिमा संस्थागत शेयरधनीहरु मध्येबाट नियुक्त ५ जना र सर्वसाधारण शेयरधनीहरु मध्येबाट ३ जना सञ्चालकहरु र १ जना स्वतन्त्र संचालक गरी ९ जना रहेको संचालक समितिसमेत गठन गरेको छ ।
नवगठित सञ्चालक समितिको कार्यकारी अध्यक्षमा दिनेशबहादुर विष्ट चयन भएका छन् । कम्पनीको सञ्चालक समितिमा संस्थागत शेयरधनी सोल्टी ईन्टरप्राइजेज प्राइभेट लिमिटेडको प्रतिनिधित्व गर्न सो संस्थाको तर्फबाट नियुक्त भएका ४ जना सञ्चालकहरुमा विष्टसहित रवि भक्त श्रेष्ठ, राजेशकाजी श्रेष्ठ र जया राज्यलक्ष्मी शाह छन् । सोल्टीको संस्थागत शेयरधनीमा नेपाल वायुसेवा निगमको एक जना प्रतिनिधि छन् ।
सोल्टीमा सर्बसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्नेमा प्रकाश विक्रम खत्री, शशीराज पाण्डे र निरञ्जन कुमार टिवरेवाला सञ्चालकमा निर्वाचित भएका छन् । डा। माधव गिरी स्वतन्त्र सञ्चालक नियुक्त भएका छन् ।







प्रतिक्रिया