
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११ औं महाधिवेशनअन्तर्गत आज अपराह्नबाट मतदान सुरु हुँदैछ । त्यसका लागि भृकुटीमण्डपस्थित मतदानस्थलमा अहिले पार्टीका नेता, कार्यकर्ता र प्रतिनिधिहरू आ–आफ्ना उम्मेदवारको पक्षमा भोट माग्दै व्यस्त देखिएका छन् ।
चर्चित लोकगायिका ज्योति मगर पनि भृकुटीमण्डपमा मत माग्नमा व्यस्त छिन् । उनले केन्द्रीय सदस्यका उम्मेदवार पूर्णबहादुर गुरुङ, किरण गुरुङलगायतलाई प्रतिनिधिहरूसमक्ष भोट मागिरहेकी छन् ।
पूर्णबहादुर गुरुङको तस्वीर अंकित पोस्टर बोकेर उनले भोट मागिरहेकी हुन् ।
राम्रो व्यक्तिको समर्थन गर्न कुनै पार्टीको सदस्य नै हुनु नपर्ने उनको भनाइ छ । एमाले, कांग्रेस, माओवादी वा नयाँ पार्टी जहाँ पनि असल मान्छेका लागि समर्थन गर्नुपर्ने उनको भनाइ छ ।
त्यसो भन्दैमा सबैले राजनीति गर्न नहुने उनको भनाइ छ । सबैले आफ्नो क्षेत्रमा काम गर्नुपर्ने उनको भनाइ छ । चिकित्सकले अस्पतालमा, कलाकारले कलाकारितामा राम्रोसँग काम गर्नु पर्ने भए पनि असल व्यक्तिलाई समर्थन गर्न छाड्न नहुने उनको भनाइ छ ।








प्रतिक्रिया