
काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्कमा यात्रुहरूलाई दुःख दिने ४६ जनालाई पक्राउ परेका छन् । बुधबार यात्रुहरूलाई अनाश्यक दुःख दिने, झोला दिने र यात्रुहरूको झोला तान्ने ४६ जना पुरुषलाई नियन्त्रणमा लिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र प्रहरी प्रभाग गोंगबुबाट खटिएका प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।







प्रतिक्रिया