प्रधानमन्त्री र सुधन गुरुङबीच भेटवार्ता, के भयो कुराकानी?

644
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सुधन गुरुङसँग भेटवार्ता गरेकी छन् ।

मंगलबार प्रधानमन्त्री कार्कीले सिंहदरबारमा गुरुङसँग भेटवार्ता गरेकी हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा गुरुङले सरकार र जेनजीबीच हुन लागेको सम्झौतामा भएको प्रगतिबारे चासो राखेका प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

जेनजी आन्दोलनलाई वैधता दिने गरी सम्झौताको प्रक्रिया चाँडो टुंग्याउनुपर्ने र राष्ट्रपतिसमक्ष हस्ताक्षर गर्नुपर्ने उनको भनाइ थियो ।

यस्तै सुधनले आन्दोलनमा गएकै कारण कतिपय युवालाई प्रहरीले धरपकड गरेको, धरौटी तिर्ने रकम नभएर पनि पुर्पक्षका लागि थुनामा जानुपरेको गुनासो गरेका थिए ।