
काठमाडौं । सरकारले उखुको न्यूनतम खरिद मूल्य निर्धारण गरेको छ ।
मंसिर २२ गते बसेको मन्त्रिपरिषद् बैठकले कृषकले उत्पादन गरेको उखुको न्यूनतम खरिद मूल्य प्रति क्विन्टल ६२० रुपैयाँ निर्धारण गर्ने र उखु कृषकलाई अनुदान रकम प्रति क्विन्टल ७० रुपैयाँ कायम गर्ने निर्णय गरेको छ ।
त्यस्तै बैठकले नेपाल र मौरिससबीच सम्पन्न दोहोरो करमुक्ति तथा वित्तीय छल निरोधसम्बन्धी सम्झौता अन्त्य गर्नेसहितका १८ निर्णय गरेको छ ।









प्रतिक्रिया