
एजेन्सी । भारतको गोवामा रहेको एक रेस्टुरेन्टमा शनिबार राति भएको आगलागीमा २५ जनाको ज्यान गएको छ ।
उक्त आगलागीमा परेर नेपाली शेफ पूर्णबहादुरको पनि मृत्यु भएको एएनआई समाचार संस्थाले समाचार प्रकाशन गरेको छ ।
एएनआईसँग कुराकानी गर्दै एक व्यक्तिले पूर्ण बहादुर नामक गरेका उनका साथीको घटनामा परेर मृत्यु भएको बताए । उनी रेस्टुरेन्टको किचेनमा शेफको काम गरिरहेका थिए ।
मृतकहरूको शरीरलाई स्थानीय मेडिकल कलेजमा राखिएको छ ।
दुर्घटनापछि सरकारी अधिकारीहरूले व्यवस्थापन मिलाइरहँदा विपक्षी दलहरूले कठोर प्रतिक्रिया दिएका छन् ।
गोवा राज्यमा कांग्रेस पार्टीका अध्यक्ष अमित पाटकरले यो गोवाको पर्यटन इतिहासको कालो दिन भएको बताए । यो जानाजान गरिएको हत्या भएको र यसमा गोवाका मुख्यमन्त्री प्रमोद सावन्तको असफलता झल्किएको उनले आरोप लगाए ।
कांग्रेसकै सांसद भिरियातो फर्नान्डेजले आगलागीको कारण खुलाएका छन् । उनले भने, ‘रेस्टुरेन्टमा एउटा पाइरो गन (आगो निकाल्ने बन्दूक) उपयोग गरिएको थियो । त्यो बाल्दा ग्यास सिलिन्डर विस्फोट भएको थियो र त्यसैले त्रासदी निम्त्यायो । अनेकौं नियमहरूको उल्लंघन भएका छन् । मुख्यमन्त्री स्वयंले कुनै अनुमति नलिएको भनेका छन् । यो विषय गत अगस्ट महिनामा संसदमा उठेको हामीले थाहा पायौं । त्यसले झनै शंका जन्माउँछ । कतै यो सेटिङमै भएको पो हो कि ? हुन सक्छ । हैन भने किन कारवाही नचलाएको ? यसमा न्यायिक छानबिन हुनुपर्छ । सबै कुरा बाहिर आउनुपर्छ ।’







प्रतिक्रिया