
एजेन्सी । भारतको कोलकाता शहरमा रहेको ब्रिगेड परेड ग्राउन्डमा आइतबार लाखौं मानिसहरू भेला भएर एकैपटक गीतापाठ गरेका छन् ।
अनेकौं आश्रम र धार्मिक संगठनहरूले तीनवटा भव्य स्टेज बनाएका छन् । भारतमा पहिलोपटक कीर्तिमान संख्यामा एकैपटक गीतापाठ भएको हो ।
गेरुवा वस्त्र लगाएका साधुसन्तले एकैपटक गीताबाट श्लोकहरू पाठ गरेका हुन् ।
भारतीय जनता पार्टीका वरिष्ठ नेताहरू सुकान्त मजुमदार, लकेट चटर्जी र अग्निमित्र पौलका साथै स्वामी प्रदीप्तानन्द महाराज (कार्तिक) र धीरेन्द्र शास्त्री पनि समारोहमा उपीसथत थिए ।
पञ्च लक्खो कोन्ठे गीता पाठ (पाँच लाख आवाजमा गीता पाठ) नामक समारोहलाई सनातन संस्कृति संसद्ले आयोजना गरेको हो ।
आयोजकहरूले करिब पाँच लाख मानिस समारोहमा सहभागी हुने अनुमान गरेकाले भीड नियन्त्रण, सुरक्षा र आकस्मिक स्वास्थ्य सेवाका लागि विस्तृत व्यवस्था गरिएको छ । ठूलो क्षेत्र रहेको आयोजना स्थलमा तीनवटा ठूला मञ्च बनाइएका छन् र कोलकाताको मध्य भागभरि सुरक्षा कडा गरिएको छ ।
समारोहको आध्यात्मिक नेतृत्व गीतामनीषी महामण्डलका स्वामी ज्ञानानन्दजी महाराजले लिएका छन् ।
एक दिनअघि मुर्शिदाबादमा स्थगित तृणमूल कांग्रेसका विधायक हुमायूँ कबीरले ‘बाबरी मस्जिद शैली’को मस्जिदको शिलान्यास गरेपछि यो कार्यक्रम आयोजना भएको हो । यसले आगामी वर्षको आरम्भतिर हुने विधानसभा चुनावअघि पश्चिम बंगालमा आस्था र पहिचानका प्रश्नहरू जोडिँदै गएको संकेत दिएको छ ।
यो सभा ठीक दुई वर्षपछि फेरि अयोजना गरिएको हो । सन् २०२३ डिसेम्बरमा लोकसभा चुनावअघि ब्रिगेडमा यसैगरी ‘एक लाख स्वर’ गीता पाठ कार्यक्रम आयोजना गरिएको थियो ।







प्रतिक्रिया