
काठमाडौं । माओवादीबाट अलग भएर नयाँ दल गठन गरेका पूर्वमन्त्री जनार्दन शर्मालाई कालो झण्डा देखाइएको छ ।
नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी लगायता दलको एकतामा सरिक नभइ प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेपछि शर्मा पहिलोपटक गृहजिल्ला रुकुम पश्चिम पुगेका थिए ।
उनलाई रुकमका पूर्वमाओवादी कार्यकर्ताहरुले कालोझण्डा देखाएका छन् । स्थिति अप्रिय हुन नदिन सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।
आज बिहान १० बजेतिर सल्लेस्थित विमानस्थलमा ओर्लिनासाथ तत्कालिन नेकपा माओवादी केन्द्रका आठबिसकोट नगरपालिका कमिटीका पूर्वअध्यक्ष मानबहादुर चदारा नेतृत्वको टोलीले शर्मालाई कालोझण्डा देखाएका हुन् ।







प्रतिक्रिया