सरकार उल्टो बाटोमा हिँडिरहेको छ: प्रसाईं

14
Shares

काठमाडौं । नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंले वैदिक सनातन हिन्दु धर्म, राजसंस्था, प्रदेश र प्रत्यक्ष कार्यकारीको विषयमा जनमत संग्रहमा जानु पर्ने बताएका छन् ।

अन्तरिम सरकारसँग आफूहरुले विभिन्न बुँदामा मागहरु राखेको उल्लेख गर्दै उनले वैदिक सनातन हिन्दु धर्म, राजसंस्था, प्रदेश र प्रत्यक्ष कार्यकारीको विषयमा जनमत संग्रहमा जान आग्रह गरे ।

लडाईं नचाहने हो भने जनमत संग्रह नै अन्तिम विकल्प रहेको उनको भनाइ छ ।

नेपाल जोगाइराख्ने बाटो बनाउनु सबैको दायित्व भएको बताउँदै गृहमन्त्री ओमप्रकाश अर्यालसँग पनि यसबारे कुरा भएको र गृहमन्त्री आफूहरुका मागप्रति सकारात्मक रहेको उनले बताए ।

आफूहरुका माग नेपाल टुक्राउने खालका नरहेको भन्दै माग पूरा हुनेमा ६० प्रतिशत विश्वस्त रहेको बताए ।

सरकारले आफूहरुका माग पूरा नगरे आन्दोलन नै अन्तिम विकल्प हुने उनले चेतावनी दिए ।

अन्तरिम सरकारले भ्रष्टाचारीलाई पनि कारबाही गर्न नसकेको र जेन–जीलाई टेकेर बनेको सरकारले जेन–जीहरुलाई नै थुनिरहेको उल्लेख गर्दै उनले सरकार उल्टो बाटोमा रहेको बताए ।

जेन–जी विद्रोहीलाई थुन्न नहुने उनको भनाइ छ ।

https://www.facebook.com/reel/1390000026093514