जब भीम रावलले चुनावमा एमालेले बहुमत ल्याउँछ भन्दै पोखरामा भाषण गरे (भिडियो)

875
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आइतबार कास्कीको पोखरामा एकता सन्देश सभाको आयोजना गर्‍यो ।

नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका विभिन्न पार्टी र समूह एकीकृत भएर नेकपा बनेसँगै उक्त दलले देशका विभिन्न भागमा एकता सन्देश सभाको आयोजना गरिरहेको छ ।

मानवअधिकार चोकमा भएको सभामा नेता भीम रावलले सम्बोधन गरे। त्यसक्रममा उनले आगामी चुनावमा एमालेले बहुमत ल्याउने बताए ।

‘पोखराको चिप्लेढुंगामा धेरै वर्षपछि तपाईंहरूबीच उपस्थित हुन पाएकोमा खुसी छु। मैले धनगढी र लमहीमा जस्तै यहाँ पनि विशाल जनसमूह देखेँ,’ रावलले भने ‘आगामी निर्वाचनमा नेकपा (एमाले)को बहुमतलाई रोक्न, यसको यात्रामा अवरोध पुर्‍याउन कसैले सक्दैन।’

नेपाली कम्युनिष्ट पार्टीका नेताले एमालेले बहुमत ल्याउँछ भनिरहँदा सभामा सहभागी कतिपय हाँसिरहेका थिए भने कतिपयले ताली बजाएका थिए । मञ्चमा बसेका नेताले भने केही असहजता महशुस गरेका देख्न सकिन्थ्यो ।

उनी लामो समय नेकपा एमालेको राजनीतिको महत्त्वपूर्ण नेता थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीको निरन्तरको आलोचना गरिरहेका उनी पछिल्लो पटक ओलीविरुद्ध अध्यक्षमा समेत उठेका थिए । एमालेले कारबाही गरेपछि छुट्टै अभियान घोषणा गरेका उनी नेपाली कम्युनिस्ट पार्टी बनेपछि उक्त पार्टीमा समाहित भएका हुन् ।

https://www.facebook.com/reel/1381142643527494

Skip This