कुलमान र खगेन्द्रले एउटै चिह्नबाट चुनाव लड्ने, आयोगमा निवेदन

112
Shares

काठमाडौं। ऊर्जा मन्त्री कुलमान घिसिङको अग्रसरतामा खुलेको उज्यालो नेपाल पार्टी र अभियन्ता खगेन्द्र सुनार नेतृत्वको हाम्रो नेपाल पार्टी आगामी प्रतिनिधि सभा निर्वाचनमा साझा चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्ने भएका छन् ।

फागुन २१ गते निर्धारण भएको आमनिर्वाचनलाई लक्षित गर्दै दुवै दलले बुधबार बानेश्वरमा आयोजित कार्यक्रममा एकै चुनाव चिह्न ‘बलिरहेको चिम’ लिएर चुनावी प्रतिस्पर्धामा उत्रिने घोषणा गरे । ‘बलिरहेको चिम’ हाल उज्यालो नेपाल पार्टीको चिह्न हो, जबकि हाम्रो नेपाल पार्टीले ‘लाइक’ चिह्न निर्वाचन आयोगबाट लिएको थियो।

तर निर्वाचन प्रयोजनका लागि उनीहरूले साझा चिह्नमा जाने निर्णय गर्दै आयोगमा बिजुलीको चिम चिह्नमा उम्मेदवारी दिने गरी छुट्टै निवेदन दर्ता गराएका छन् । निर्वाचन आयोगको नियमअनुसार फरक–फरक दलले चाहिएमा एउटै चुनाव चिह्न प्रयोग गरी गठबन्धनस्वरूप चुनाव लड्न पाउने व्यवस्था छ ।

यसअघि नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी र नेपाल जनजाति पार्टी ले पनि साझा चुनाव चिह्नमा प्रतिस्पर्धा गर्न आयोगमा निवेदन दिएका छन् ।