मुक्तिनाथ विकास बैंकद्वारा महराजगञ्ज प्रहरीलाई दियो दुईवटा मोटरसाइकल


काठमाडौं । समकालीन समयको चुनौती र सार्वजनिक सुरक्षामा देखिएको बढ्दो जिम्मेवारीलाई मध्यनजर गर्दै, मुक्तिनाथ विकास बैंकले नेपाल प्रहरीवृत महराजगञ्जलाई दुई थान मोटरसाइकल हस्तान्तरण गरेको छ ।

एक कार्यक्रम बीच बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समीर शेखर बर्जाचार्यले नेपाल प्रहरी वृत महराजगञ्जका कार्यालय प्रमुख निरंजन थापालाई दुई थान मोटरसाइकल हस्तान्तरण गरेका हुन् ।

यो सहयोगले नेपाल प्रहरी मार्फत समाजमा शान्ती सुरक्षाको प्रत्याभुति दिलाउन, संवेदनशील स्थानहरुको निगरानी गरी समयमै सूचना संकलन गर्ने र देशमा शुसासन कायम राख्ने कार्यमा विशेष योगदान पुराउने अपेक्षा लिएको छ ।

सुरक्षित समाज निर्माण गर्नु सबैको साझा दायित्व भएको बैंकले जनाएको छ । बैंकले सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै नेपाल प्रहरी अग्रपंक्तिमा रहेर नागरिक सुरक्षामा खटिने संस्थान भएकाले , यस सहयोगबाट कार्यसम्पादनलाई केही सहज बनाउन साहयोग पुग्ने बैंकले विश्वास लिएको छ।