समाधान भयो मेलम्ची खानेपानी आयोजनाको समस्या, अबदेखि पानी आउने

392
Shares

काठमाडौं। उर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङको उपस्थितिमा भएको छलफलमा मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण रोकिएको विवाद समाधान भएको छ ।

मंगलबार राति १० बजे सम्म भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, खानेपानी मन्त्रालयका सचिव, मेलम्ची खानेपानी विकास समितिका पदाधिकारी र सरोकारवालाहरूको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर सम्पन्न गरी विवाद समाधान गरिएको हो ।

समस्या समाधान भएपछि अबदेखि पूर्व निर्धारिता तालिकाअनुसार खानेपानी आउने बताइएको छ ।