
काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी बुड्स३ एफईको आगमनको घोषणा गरेको छ । एक आकर्षक र बुद्धिमानी ट्रू–वायरलेस इयरबड्स, जसले फ्ल्यागशिप स्तरका सुविधाहरूलाई अझ विस्तृत प्रयोगकर्तासम्म पुर्याउँछ ।
नवीनतम ग्यालेक्सी एआई एकीकरण र आइकोनिक ‘ब्लेड’ डिजाइन सहित,बुड्स३ एफईले ग्यालेक्सी इकोसिस्टम अन्तर्गत अडियो नवप्रवर्तनको नयाँ युगको सुरुवात गरेको छ । यो उपकरण सामसुङ स्टोरमा ९,९९९ रुपैयाँमा उपलब्ध छ।
ग्यालेक्सी बुड्स३ एफईलाई उत्कृष्ट मूल्यमा शक्तिशाली ध्वनि र परिष्कृत सुविधाहरू प्रदान गर्न इन्जिनियर गरिएको छ ।
ठूलो स्पिकर, उन्नत एक्टिभ नाइज क्यान्सिलिङ र क्रिस्टल क्लियर कल टेक्नोलोजी — जसले मेसिन लर्निङद्वारा शोरयुक्त वातावरणमा समेत प्रयोगकर्ताको आवाजलाई अलग पार्छ — का साथ यी इयरबडहरूले गहिरो ध्वनि र स्पष्ट संचार सुनिश्चित गर्छन्।
ग्यालेक्सी इकोसिस्टमसँग सहज रूपमा एकीकृत हुन डिजाइन गरिएकाबुड्स३ एफई ले अटो स्वीच समर्थन गर्छ, जसले ग्यालेक्सी उपकरणहरू बीच छिटो रूपान्तरण गर्न अनुमति दिन्छ। साथै, एप–रहित नियन्त्रण, र तीव्र कनेक्टिभिटीका कारण संगीत सुन्ने, कल गर्ने वा अन्तर्राष्ट्रिय यात्रा गर्दा समेत तपाईं सधैं जोडिएका, केन्द्रित र नियन्त्रणमा रहन सक्नुहुन्छ।
सामसङ नेपालका एमएक्स डिभीजनका डाईरेक्टर, प्रणय रत्न स्थापित भन्छन्, ‘ग्यालेक्सीबुड्स३ एफई मार्फत हामी ग्यालेक्सी एआई र स्मार्ट अडियोको शक्ति अझ बढी प्रयोगकर्तासम्म पुर्याउँदैछौं — आकर्षक डिजाइन र पहुँचयोग्य रूपमा। यो बिना सम्झौता सुन्ने, अन्तरक्रिया गर्ने र अनुभव गर्ने स्वतन्त्रता प्रदान गर्नका लागि हो।’
ग्यालेक्सी बुड्स३ एफई अहिले देशभरका अधिकृत सामसुङ खुद्रा स्टोरहरूमा उपलब्ध छन् । साथै, हुलास फाइनसर्फ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्सटा फाइनान्स सेवामार्फत ग्राहकहरूले ०% ब्याजदरमा सजिलो ईएमआई विकल्प सहित नयाँ उपकरणहरू प्राप्त गर्न सक्नेछन्।








प्रतिक्रिया