
नेपालको हवाई दुर्घटनाको जाँचबुझ गर्न स्थायी अनुसन्धान संस्था ‘नेपाल हवाई सुरक्षा यातायात व्यूरो’ गठन गर्न सुझाव दिइएको छ ।
नागरिक उड्डयन क्षेत्रको सुधार सम्बन्धी उच्चस्तरीय अध्ययन तथा सुझाव समितिले हवाई दुर्घटना हुँदा हरेक पटक जाँचआयोग गठन हुँदै आएकोमा अब भने स्थायी संरचना नै बनाएर जान सुझव दिएको छ ।
यो संरचनाको नाम र आवश्यक कानूनी व्यवस्थामा समेट्नुपर्ने विषयसेत सुझाव समितिले दिएको छ । व्यूरोका काम हवाई दुर्घटनाको अनुसन्धान गर्ने, उड्डयन प्राधिकरणको अनुगमन र क्रियाकलापको निगरानी गर्ने सुझाव दिएको छ ।
उड्डयन वित्तीय नियमको अनुगमन गर्ने, राष्ट्रिय सुरक्षा कार्यक्रमलाई सम्बोधन गर्ने, दण्डसम्बन्धि व्यवस्था, निर्देशन जारी, नेपाल सरकारसँगको समन्वयसहितका विषयलाई व्यूरोले समेट्न सक्ने गरी कानूनी व्यवस्था गर्न पनि सुझाव दिएको छ ।







प्रतिक्रिया