
काठमाडौं । नेपालमा सन् २०२५ को पहिलो १० महिनामा ९ लाख ४३ हजार ७१६ जना पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको अध्यागमन विभागको तथ्यांक अनुसार नेपाल आउने पर्यटक अक्टोबरमा मात्रै १ लाख २८ हजार ४४३ जना छन् ।
अक्टोबरमा नेपाल आएका पर्यटकमा १७ हजार भारतीय, १३ हजार अमेरिकी, ८ हजार बेलायती, ६ हजार चिनियाँ, ६ हजार नै जर्मनीका पर्यटक छन् ।
सन् २०२५ मा नेपाल आउनेमा उत्कृष्ट १० गन्तव्यमा भारतीय २ लाख ४३ हजार, अमेरिकी ९३ हजार, चिनियाँ ७८ हजार, बेलायती ४२ हजार छन् ।
बंगलादेशी ४५ हजार, अस्ट्रेलियन ३८ हजार, श्रीलंकन ३२ हजार, जर्मनी २४ हजार, थाइल्यान्डका ११ हजार र उत्तर कोरियाका १९ हजार पर्यटक पछिल्लो १० महिनामा नेपाल आएका छन् ।








प्रतिक्रिया