भैरहवामा श्री एयरलाइन्सको आकस्मिक अवतरण, ८२ यात्रुलाई अन्य जहाजबाट काठमाडौं ल्याइने

861
Shares

काठमाडौं ।काठमाडौंका लागि धनगढीबाट उडेको श्री एयरलाइन्स जहाजको इन्जिन फेल भएपछि भैरहवास्थित गौतमबुद्ध बिमानस्थलमा आकस्मिक अवतरण गरेको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतका अनुसार २ बच्चासहित ८२ जना यात्रु लिएर धनगढीबाट काठमाडौंका लागि उडेको उक्त विमानमा हाइड्रोलिक समस्या आएपछि अकस्मात १२ बजे भैरहवामा अवतरण गराइएको थियो ।

पाइलटबाट हाइड्रलिक समस्या भएको जानकारी आएको छ । तत्काल उद्दार गरेर सबै यात्रुलाई सुरक्षित रुपमा अवतरण गराइएको छ । अर्को जहाजबाट काठमाडौं पठाउने तयारी भएको राउतले जानकारी दिए ।