मनाङको बेसक्याम्पमा फसेका ११ पर्यटकको उद्धार

112
Shares

काठमाडौं । मनाङको तिलिचो ताल बेसक्याम्पमा अलपत्र परेका ११ जना आन्तरिक पर्यटकलाई सशस्त्र प्रहरी बलले उद्धार गरेको छ ।

सशस्त्र प्रहरीका सहप्रवक्ता डिएपी शैलेन्द्र थापाका अनुसार मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका ९ तिलिचो तालको बेसक्याम्पमा अलपत्र परेका ११ जना आन्तरिक पर्यटकलाई उद्धार गरिएको हो ।

शनिबार बिहान ६ बजे उनीहरुलाई उद्धार गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

दुई जना चिनियाँ नागरिक र १३ जना नेपाली गरी जम्मा १५ जना पर्यटक हिमपातको कारण तिलिचो तालको बेसक्याम्पमा अलपत्र परेको खबर प्राप्त भएकोमा दुई चिनियाँ र ११ नेपाली गरी १३ जना मात्र फेला परेको सशस्त्रले जनाएको छ ।