
चितवन । अविरल वर्षासँगै पहिरोको उच्च जोखिम बढेपछि नारायाण्ढ–मुग्लिन र पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–मलेखु सडकखण्डमा यात्रा नगर्न स्थानीय प्रशासनले अनुरोध गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले शुक्रबार साँझ एक सूचना जारी गर्दै वर्षासँगै बिहीबारदेखि स–साना पहिरोहरू निरन्तर खसिरहेकाले अत्यावश्यक बाहेक सकरभर यात्रा नगर्न सबैलाई अनुरोध गरेको हो ।
हाल नारायणगढ–मुग्लिन सडकको तुइनभिर र पृथ्वीराजमार्गको मुग्लिन–मलेखु सडकका विभिन्न स्थानमा खसेको पहिरो हटाइ सवारी आवागमन सञ्चालन भइरहेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।
तथापि उक्त खण्ड पहिरोको उच्च जोखिममा पर्ने र पहिरो पनि खसिरहेकाले सकभर यात्रा नगर्न र गर्नैपरे सावधानी अपनाउन उनले आग्रह गरे ।
वर्षा निरन्तर भई पहिरोको जोखिम कायमै हुने अवस्था भएमा नारायणगढ–मुग्लिन र मुग्लिन–मलेखु खण्डमा कुनै पनि बेला सवारी आवागमन बन्द गर्न सकिने उनले बर्ता । उक्त सडकमा यात्रा गर्नु पूर्व जानकारी लिएर मात्र गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।
यात्रा गर्नपूर्व जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीको नम्बर ९८५५०१३९९९ र जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुखको ९८५५०१७०९९ नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।







प्रतिक्रिया