नेपाली वायुसेवा कम्पनीका ८७ वटा जहाजले दैनिक फन्को लगाउँदा २० वटा वर्षौंदेखि घाम ताप्दै

किन उड्दैनन् अर्बौ लगानीका यी जहाज ?

2.3k
Shares

काठमाडौं । वायुसेवा सञ्चालन तथा उडान अनुमति लिएर सञ्चालनमा रहेका २१ नेपाली वायुसेवाका ८७ वटा वायुयानले नेपाली आकासमा दैनिक फन्को लगाउने गरेका छन् । आकासमा फन्को मार्दै सेवामूलक व्यवसाय गरिरहेका यी वायुसेवामध्ये हेलिकप्टर नियमित उडानका स्थिर पखेटा जडानका जहाज छन् । जहाज हेलिकप्टरले चार्टर, कार्गो तथा उद्ददार उडान गर्छन्, भने अरु आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका वायुसेवाले नियमित यात्रु उडान गर्छ ।

नेपालको हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उड्डयन सम्बन्धी तोकिएको शर्त पूरा गरेर वायुसेवा उडान अनुमतिपत्र (एओसी) नवीकरण गराएका कम्पनीमध्ये ८७ वटा जहाज उडानयोग्य छन् । यी जहाजले दैनिकरुपमा आकासमा फन्को मारिरहँदा केही वायुसेवाका २० वटा जहाज भने वर्षोदेखि विमानस्थलमै घाम तापरे बसिररहेका छन् ।

विमानस्थल घाम तापेर बस्नुको कारण ती जहाज वर्षोदेखि थन्किएका छन् भने उडान अनुमति नपाएर तथा तोकिएको उड्डयनसम्बन्धित शर्त पूरा नगरेका कारण ती वायुयान थन्किएको नेपाल नागरि उडड्डयन प्राधिकरणको भनाइ छ ।

प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार एओसी नवीकरण भएका २१ वटा कम्पनीका १०५ वटा जहाज नेपालमा छन् । यीमध्ये हेलिकप्टरको संख्या ३३ वटा छ भने नियमित उडानका वायुयानको संख्या ७२ वटा छ ।

नेपाली आकासमा नियमित फन्को मार्ने वायुयानमा सबैभन्दा बढी आन्तरिक उडानको अग्रणी वायुसेवा कम्पनी बुध्द एयरको छ। यो वायुसेवा कम्पनीसँग १८ वटा जहाज छ । त्यसपछि धरै उडान गर्नेमा श्री एयरलाइन्स छ ।

श्री एयरलाइन्ससँग हेलिकप्टर र स्थिर पँखेटा भएका जहाज गरी १९ वटा छ । त्यसमध्ये एमआई हेलिकप्टर ६ वटामा २ वटा मात्रै नेपालमा छन् । यसको अरु हेलिकप्टर नेपालमा छैनन् । नेपालमा भएका २ वटा हेलिकप्टरलाई पनि लोड नपुग्ने र साना हेपिलकप्टरले नै उडान गर्ने भएकोले उडानमा ल्याउनै सकस छ ।

यो कम्पनीसँग २ वटा एयरवसका एएस ३५० सिरिजका हेलिकप्टर छन् । यी हेलिकप्टर बाहेक ११ वटा फिक्स्ड विङ्ग्सका जहाज छन् । यसका ठूला हेलिकप्टर बाहेक सबैजसोले नियमित उडान गर्छन् ।

जहाज संख्या धेरै भएको नेपाल वायुसेवा निगमको भने उडान गर्नेभन्दा थन्कनेको धेरै छ । १३ वटा जहाज भएर पनि ६ वटा मात्रै उडानमा भएको नेपाल वायुसेवा निगमसँग अन्तर्राष्ट्रिय उडानका ४ र आन्तरिक उडानका २ वटा बाहेक सबै ग्राउन्डेड छन् । निगमले व्यवस्थापन मिलाउ नसक्दा र प्राविधिक पक्षलाई निकासा दिन नसक्दा यसका एउटा बोइङ, एउटा ट्वीनअटर र ५ वटा चिनियाँ जहाज वर्षोदेखि विमानस्थलमा घाम तापेर बसेका छन् ।

जहाज संख्याका हिसाले अर्को ठूलो कम्पनी गुण एयरलाइन्सले भने एओसी नै नवीकरण गराउन नसकेकका कारण ७ वटा जहाज ग्राउन्डेड छ । गुणले एओसी नवीकरण गराएर जहाज उडाउने तयारी गरिरहेको भएपनि करिब ३ वर्षदेखि यसले जहाज उडान गर्न सकेको छैन ।

जहाज उडानै नसक्नेमा गत वर्ष त्रिभुवन विमानस्थलमै दुर्घटनापछि एओसी निलम्बनमा परेको सौर्य एयरलाइन्स छ । यसका पनि तीन वटा जहाज भएपनि एउटा विमानस्थलबाट उड्ने क्रममा भएको दुर्घटना, दुर्घटनामा आफ्नै उच्चपदस्थ कर्मचारी परेको र त्यसपछि उड्डयन प्राधिकारणले तोकेको शर्त पूरा गर्न नक्दा यसले पुनः उडान गर्न सकेको छैन ।

दुईवटा हेलिकप्टर भएर पनि वर्षेदेखि उडान गर्न नसक्नेमा मुस्ताङ हेलिकप्टरसमेत पर्छ । यो हेलिकप्टरको त एउटा मात्रै हेलिकप्टरको एओसी लिन सकेको छ अर्को त्यो पनि उडान नसकेको छैन ।

यी हुन नेपाली वायुसेवा कम्पनीसँग भएका जहाजको विवरण