
काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई सरकारको अनुमति नलिइ काठमाडौं उपत्यका बाहिर जान नपाउने गरी तोकिएको स्थानहदविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
न्यायधिश नृपध्वज निरौलाको इजलासले सरकार र जाँचबुझ आयोगलाई कारण देखाउन आदेश जारी गरेको छ ।
अधिवक्ता डा. प्रेमराज सिलवालले ओली र लेखकलाई तोकिएको स्थानहद कानुन विपरीत भएको भन्दै रिट निवेदन दर्ता गरेका थिए ।
जेन–जी आन्दोलनको क्रममा भएको दमन र त्यसपछिको आगजनीको अनुसन्धान गर्न गठन भएको आयोगको सिफारिसमा सरकारले ओली, लेखक र तत्कालीन काठमाडौं प्रमुख जिल्ला अधिकारी छविराज रिजाललाई अनुमतिविना उपत्यका बाहिर जान नदिन निर्णय गरेको थियो ।
त्यसैगरी, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीमाथि पनि यस्तो निर्णय भएको थियो । तर, सरकारी कामकाजका लागि उनी बाहिर जानुपर्ने भएकाले सरकारले दुवाडीको स्थानहद फुकुवा गरेको थियो।







प्रतिक्रिया