
काठमाडौं । सरकारले राष्ट्रिय सभा सदस्य निर्वाचन आगामी माघ ११ गते गर्ने निर्णय गरेको छ ।
बुधबार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले उक्त मितिमा निर्वाचन गराउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिए ।
२०७६ सालमा निर्वाचित १९ राष्ट्रिय सभा सदस्यहरूको कार्यकाल आगामी फागुनमा समाप्त हुँदैछ । तीमध्ये एक जना सदस्य वामदेव गौतम राष्ट्रपतिद्वारा मनोनित हुन्, जसकारण बाँकी १८ पदका लागि निर्वाचन हुनेछ ।
राष्ट्रिय सभा सदस्य निर्वाचन ऐनअनुसार, पद रिक्त हुनुभन्दा कम्तीमा ३५ दिनअघि निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था छ ।








प्रतिक्रिया