राष्ट्रपति रामचन्द्र पौडेलको कतार भ्रमण स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णय

56
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको कतार भ्रमण औपचारिक रूपमा स्वीकृत गरिएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति पौडेलको कतार भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिएका छन् ।

मन्त्री खरेलका अनुसार राष्ट्रपति पौडेलको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले कात्तिक १७ देखि २० गतेसम्म कतारको दोहामा आयोजना हुने ‘सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलेपमेन्ट’ कार्यक्रममा सहभागी हुनेछ ।

‘राष्ट्रपति पौडेलको नेतृत्वमा कात्तिक १७ देखि २० गतेसम्म कतारको दोहामा आयोजना हुने सोसल डेभलेपमेन्टसम्बन्धी दोस्रो विश्व सम्मेलनमा सहभागी हुन औपचारिक भ्रमण स्वीकृत गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो,’ मन्त्री खरेलले भने ।