हिउँमा फसेका पर्यटकको उद्धार गर्न सवारीसाधन अभाव

42
Shares

मनाङमा सोमबारदेखी परेको हिमपातका कारण बेसिसहर-खाङसार सडकखण्ड अन्तर्गत मनाङ ङिस्याङ-६ मनाङगाउँमा अवरुद्ध भएको सडक सञ्चालनका लागि हिउँ पन्छाउँदै शसस्त्र प्रहरी बलको पर्वतीय उद्वार शिक्षालयको टोली । तस्बिर : नवीन लामिछाने / रासस

मनाङ । भारी हिमपातपछि मनाङको जनजीवन प्रभावित बनेको छ । हिउँमा फसेका पर्यटकको उद्धारमा बिहानैदेखि सुरक्षा निकाय प्रयासरत छन् तर सवारीसाधनको अभावमा उनीहरूलाई सकस भएको छ ।

प्रमुख जिल्ला अधिकारी युवराज पौड्यालले हिउँमा फसेका पर्यटकको उद्धारमा सवारीसाधनको अभाव भएको जानकारी दिए । ‘फसेका पर्यटकको उद्धार गरिरहेका छौँ । हिउँमा सवारीसाधन पनि फसेकाले सकस भएको छ । अन्य सवारीसाधनको अभाव छ’, उनले भने ।

तिलिचो आधार शिविरमा अलपत्र पर्यटकलाई उद्धार गरिएको र खाङ्सारमा अन्य व्यवस्थापन गरिएको उनले बताए । पच्चिस किलोमिटर सडकबाट हिउँ फालेर आवागमन सहज बनाइएको पनि उनले जानकारी दिए ।

केही पर्यटकलाई घरबास तथा केहीलाई निजी घरमा व्यवस्थापन गरिएको स्थानीय पर्यटन व्यवसायीले बताएका छन् । उनीहरूका अनुसार सबै विदेशी पर्यटक सुरक्षित छन् ।